दफा ७
समन्वय समिति गठन गर्न सकिने
(१) केन्द्रीय अधिकारीलाई अध्यादेश तथा यस नियमावली बमोजिमको कामकारवाही प्रभावकारी रुपमा सम्पादन गर्ने कार्यमा सघाउ पुप्याउन देहाय बमोजिमका सदस्यहरु रहेको एक समन्वय समिति गठन गरिनेछः–
(क) सहसचिव, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय – संयोजक
(ख) प्रतिनिधि, परराष्ट्र मन्त्रालय – सदस्य
(ग) प्रतिनिधि, सर्वोच्च अदालत – सदस्य
(घ) प्रतिनिधि,महान्यायाधिवक्ताको कार्यालय – सदस्य
(च) प्रतिनिधि, अनुसन्धान तथा तहकिकात गर्ने वा अन्य सम्बन्धित निकाय – सदस्य
(२) उपनियम (१) बमोजिम गठित समन्वय समितिको काम कर्तव्य देहाय बमोजिम हुनेछः–
(क) पारस्परिक कानूनी सहायता सम्बन्धी विषयमा आवश्यक सुझाव दिने,
(ख) पारस्परिक कानूनी सहायता आदान प्रदान गर्ने सम्बन्धमा आवश्यक सहयोग गर्ने,
(ग) केन्द्रीय अधिकारीले तोकिदिएका अन्य कार्यहरु गर्ने ।